फिल्मी फण्डा । ´पूर्णबहादुरको सारंगी’ को सफलतापछि अभिनेता बिजय बरालले नयाँ फिल्म ‘जनै हराएको बाहुन’ मा मुख्य भूमिका निभाउने भएका छन्। निर्माण कम्पनी पेपरक्लिप प्रालिले उनलाई यस भूमिकाका लागि अनुबन्ध गरेको छ।
निर्देशक हिमाल न्यौपानेका अनुसार फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्म गाउँबाट सहर आएका एक साधारण व्यक्तिले सामना गर्ने अनपेक्षित परिस्थितिहरू र त्यसले ल्याउने जीवन परिवर्तनको कथामा आधारित छ।
फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ हुन्। छायांकनको जिम्मा नवीन गुरुङले लिएका छन्। अन्य कलाकार र प्राविधिक टोलीको विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।
फिल्मको छायांकन यो वर्षको अन्त्यसम्म सुरु गर्ने योजना छ भने २०८२ सालमा प्रदर्शन हुने अपेक्षा गरिएको छ।