निफकोे राष्ट्रिय प्रतिस्पर्धामा छानियो ‘सानो संसार’  

फिल्मी फण्डा । आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छनिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।  माघ २ गते ७० देशको ६०० बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो । 

उक्त मध्य नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाईएको हो । उक्त चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरुलाई आबेदनको लागि आयोजकले सामाजिक सञ्जाल मार्पmत आवह्रान गरेको थियो । त्यसपछि प्राप्त चलचित्रहरु मध्यबाट ‘सानो संसार’ छानिएको आयोजकले यही विज्ञप्ति मार्फत जनाएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech