पौडेलको सन्देश: ‘पूर्णबहादुरको सारंगी २’ तन्काउनुभन्दा नयाँ कथामा ध्यान दिनुहोस्

फिल्मी फण्डा । कथाकार तथा निर्देशक सरोज पौडेलले चलचित्र ‘पूर्णबहादुरको सारंगी २’ को सिक्वेल घोषणामा असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूले लेखेको कथालाई अनावश्यक रूपमा तन्काएर केवल कमाइको साधन बनाउन चाहानु नपर्ने बताएका छन्।

हिजो मात्र पूर्णबहादुरको सारंगी को सक्सेस पार्टीमा चलचित्रको दोस्रो भाग बन्ने घोषणा गरिएको थियो। उक्त कार्यक्रममा पौडेल पनि उपस्थित थिए, जहाँ उनले आफूले कुनै सल्लाह नगरी सिक्वेलको घोषणा गरिएको जानकारी दिए। उनले प्रष्ट्याए कि उनले चलचित्रको निर्देशन गर्ने छैनन्।

पौडेलका अनुसार, ‘पूर्णबहादुरको सारंगी’ पूर्ण रूपमा आफ्नो आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अत्यधिक माया दिँदै ऐतिहासिक बनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, इतिहास घरीघरी कोर्न सम्भव हुँदैन, त्यसैले मैले यो फिल्मको इतिहासलाई सम्मानपूर्वक राखौं। यसलाई व्यापारिक दृष्टिकोणबाट तन्काउने प्रयास गर्नु हुँदैन।

उनले थपे, मेरो जानकारीबिना मैले सृजना गरेका पात्र र कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस्। पूर्णबहादुरको सारंगी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला।

पौडेलको यो धारणा दर्शक र सिनेमा प्रेमीहरूको लागि ध्यान दिन योग्य छ, जहाँ सृजनात्मकता र कलात्मकता सम्मानका साथ अघि बढाउनु पर्छ।

उनले लेखेको यो स्टाटस

27.JPG

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech