फिल्म ´ऐक्टर टेक वान` को प्रदर्शन स्थगीत

फिल्मी फण्डा । भोली देखि प्रदर्शनमा आउन लागेको फिल्म ´ऐक्टर टेकवान`को  प्रदर्शन स्थगित  भएको छ ।  आज अदालतले फिल्मको रिलिज रोक्न आदेश दिएको छ। माघ ४ गतेबाट रिलिजमा आएको चलचित्र ‘एक्टर’का निर्माता सम्राट थापाले दिएको उजुरीको आधारमा जिल्ला अदालत काठमाडौंले आज अन्तरिम आदेश जारी गरेको हो।

अदालतले दुबै पक्षलाई छलफलका लागि पनि बोलाएको छ। निवेदक नेपाल डायस्पोरा इन्टरटेन्मेन्टका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बहस गरेका थिए। राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टर–टेक १’मा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय रहेको छ। मल्टीप्लेक्समा बुकिङ्ग समेत खुला भैसकेको चलचित्रको रिलिज अब अन्योलमा परेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech