‘एक्टर : टेक वन’ को प्रदर्शन अदालतको आदेशले स्थगित, दर्शकलाई टिकट रकम फिर्ता

फिल्मी फण्डा । नेपाली फिल्म ‘एक्टर  टेक वन’ को प्रदर्शन काठमाडौं जिल्ला अदालतको आदेशले रोकिदिएको छ। फिल्म बुधबारदेखि देशभरका हलहरूमा लाग्ने तयारीमा थियो, तर अदालतको आदेशपछि त्यसको प्रदर्शन स्थगित गरिएको हो।

मंगलबार बेलुकी अदालतको आदेश जारी भएपछि क्यूएफएक्स, आइएनआई, वान सिनेमाज जस्ता प्रमुख हलहरूले अग्रिम बुकिङ गरिएको टिकट बिक्री बन्द गरे र पूर्वनिर्धारित शोहरू रद्द गरेका थिए। बुधबार बिहान, हलहरूले आधिकारिक जानकारी दिँदै अदालतको निर्णयअनुसार फिल्मको प्रदर्शन रोक्नुपरेको बताएका छन्। हल संचालकहरूले फिल्मका लागि पहिले नै टिकट काटेका दर्शकलाई रकम फिर्ता गर्न सकिने जानकारी दिएका छन्।

फिल्मको निर्माण पक्षले दायर गरेको मुद्दामा, अदालतले तत्काल प्रभावबाट फिल्मको प्रदर्शन नगर्न र नगराउन आदेश दिएको हो। अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ, र ‘एक्टर  टेक वन’ का प्रतिनिधिहरूलाई अदालतमा उपस्थित हुन भनिएको छ।

फिल्मको प्रदर्शन रोकिएसँगै यसको कलाकार र फिल्मकर्मीहरू सामाजिक सञ्जालमा ‘जस्टिस फर एक्टर टेक वन’ ह्यासट्यागसहित न्यायको माग गरिरहेका छन्। उनीहरूले फिल्मलाई हलमा ल्याउनुपर्ने भन्दै फिल्मको पक्षमा समर्थन जनाइरहेका छन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech