‘फेरि रेशम फिलिली’ को पोस्टर सार्वजनिक, रोचक कथा झल्काउने संकेत

फिल्मी फण्डा । महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले फिल्मको पहिलो गीत ‘फेरि जालमा’ भोलि ९बिहीबार० रिलिज गर्ने तयारी गरेको छ। यसअघि नै गीतको अडिओ र भिडियोको सानो झलक सार्वजनिक भइसकेको छ।

पहिलो पोस्टरमा तीन मुख्य कलाकार— विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया लाई प्रस्तुत गरिएको छ। विनयलाई भूँईमा लडेको देख्न सकिन्छ, हातमा पासपोर्ट छ। सुपुष्पाले आक्रोशपूर्ण मुद्रामा बन्दुक ताकेकी छन् भने कामेश्वरले हात जोडेर माफी मागिरहेका छन्। पोस्टरको पृष्ठभूमिमा धरहरा र स्ट्याचु अफ लिबर्टी देखाइएको छ, जसले कथामा रोचक मोड आउने संकेत गर्छ। दोस्रो पोस्टरमा फिल्मका सबै कलाकारलाई उनीहरूको चरित्रको लुक्समा देखाइएको छ। यसले फिल्म मनोरञ्जनात्मक हुने अनुमान गर्न सकिन्छ।

यो फिल्म निरोज महर्जन को लेखन तथा निर्देशनमा तयार भएको हो। कलाकारहरूमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल र सजन थापा रहेका छन्।

फिल्मको निर्माण वि मोसन पिक्चर्स र सिनेमा आर्ट ले गरेका छन् भने निर्माता रौनक विक्रम कंडेल हुन्। फिल्मको पटकथा आकाश बराल र निर्देशक महर्जनले तयार पारेका हुन्। छायांकन सुशन प्रजापती, सम्पादन सुरेन्द्र पौडेल, कार्यकारी निर्माता सुरज बम ठकुरी, र सह(निर्माता एनी थापा रहेका छन्।

फिल्म फागुन १४ गते बाट प्रदर्शनमा आउने तयारीमा छ। वितरणको जिम्मा काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसन ले लिएका छन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech