फिल्मी फण्डा । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘एक्टरस् टेक वन’ ले दर्शकबाट जबरजस्त प्रतिक्रिया पाइरहेको छ। पहिलो दिन सामान्य देखिएको दर्शक उपस्थिति शनिबारदेखि उल्लेखनीय रूपमा बढेको छ। वितरण कम्पनी डीसीएन का अनुसार, सिनेमा हाल देशभर ३३० स्क्रिनहरूमा प्रदर्शन भइरहेको छ।
शनिबार सिनेमा टिमका प्रमुख कलाकारहरू प्रदिप खड्का, राजबल्लभ कोइराला र दिव्या रायमाझी दर्शकमाझ पुग्दा हलमा छुट्टै माहोल बन्यो। ललितपुरको पुलचोकस्थित क्युएफएक्स हलमा, सिनेमा हेरेपछि उत्साहित भएका दर्शकहरूले कलाकारहरूसँग सेल्फी खिच्दै ‘एक्टरस् टेक टु’ को माग गरे।
फिल्मको अप्रत्याशित क्लाइमेक्स दर्शकहरूका लागि विशेष चाखलाग्दो बनेको छ। प्रदिप खड्काको दमदार अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन, दिव्या रायमाझीको सशक्त डेब्यु र आना शर्माको उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा भइरहेको छ। साथै, निर्देशकको कामलाई पनि दर्शकहरूले रुचाएका छन्।
सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक र सुशील सिटौला को अभिनय छ। कथा आकाश बराल र राजन भुसाल ले लेखेका हुन् भने निर्माण टिममा थमन कुमार भण्डारी, मोती कार्की र अनीश भुसाल रहेका छन्। अधृत फिल्म्स र अ मोती फिल्म्स को संयुक्त प्रस्तुति यो सिनेमा दर्शकमाझ निकै चर्चित बन्दै गएको छ।