‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को पोस्टर सार्वजनिक, फेब्रुअरी ११ देखि छायांकन सुरु

फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रले फेरि एउटा नयाँ कथा पाउने भएको छ। सलोन सलिना फिल्मस को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'पीआर पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ। फिल्मको निर्देशन  शोभित बस्नेतले गर्ने गरेका हुन् ।  भने प्रस्तुतकर्ता रन्जित शाह आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट, अष्ट्रेलिया र लेन वे डम्प्लिङ सिड्नी रहेका छन्।

PR2.jpg

सार्वजनिक पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पूजा चौधरी र राजन कुँवर लाई फिचर गरिएको छ। यी सबै कलाकार अडिसनमार्फत छानिएका नयाँ अनुहार हुन्।

फिल्मको छायांकन फेब्रुअरी ११ बाट सुरू हुँदैछ। ७५ प्रतिशत छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ भने २५ प्रतिशत नेपालमा हुनेछ। निर्देशक बस्नेतका अनुसार, ४०० जनाले अडिसन दिएका थिए, तीमध्ये पाँच जना मुख्य पात्रका रूपमा छनोट भएका हुन्।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायल को अभिनय रहनेछ।

निर्माताहरूमा प्रदीप दाहाल ए वान ग्रुप सर्भिस र लक्ष्मण सापकोटा इन्द्रेणी ग्रुप छन् भने कार्यकारी निर्माता गणेश केसी हुन्। शोभित बस्नेत को कथा, गणेश बुढाथोकी को पटकथा र संवाद तथा मानस राज को संगीत फिल्ममा समावेश छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech