‘हरि बहादुरको जुत्ता’ को शुभमुहर्त सम्पन्न

फिल्मी फण्डा। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ को शुभमुहर्त सम्पन्न भएको छ। आज सरस्वती पूजाको दिन सुर्यविनायक मन्दिरमा स्क्रिप्ट, क्यामरा पूजा गर्दै फिल्मको औपचारिक छायांकन सुरुवात गरिएको हो।

मूहर्त समारोहमा कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिती रहेको थियो। फिल्ममा प्रकाश सपुत पनि मुख्य भूमिकामा रहेका छन् । हरिवंश आचार्यको कथा रहेको फिल्म काभ्रेमा खिचिनेछ।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech