फिल्मी फण्डा । आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजनाहुने आठौँ नेपालअन्तर्राष्ट्रिय चलचित्रमहोत्सव (निफ) को निर्णायक मण्डलमा नेपालबाट रहने दुई सदस्य छनौट गरिएको छ ।
छोटा चलचित्रतथा वृत्तचित्रतर्फ प्रमुखजुरिमानिर्देशकदीपेन्द्र गौचन र फिचर फिल्मतर्फ अभिनेत्री सुरक्षापन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक संस्था नेपालचलचित्रतथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
महोत्सवमा समसामयिकविषयमा स्वदेशीतथाविदेशीचलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबिच छलफल तथाकार्यशालाहरू सञ्चालनहुनेछन् ।
महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपालचलचित्रतथा सांस्कृतिक प्रतिष्ठानका जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनिप्रदर्शन भइसकेका छन् । प्रविधिमाआएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाददिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धीविषयमाबनेको चलचित्रको प्रतिस्पर्धा पनिहुनेछ ।
महोत्सवमाअन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहितगौतम बुद्ध अवार्ड प्रदानगरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदानगरिनेछ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदानगरिनेछ । नेपालीप्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाखनगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदानगरिनेछ ।