नायिका जल शाहकी छोरी कलशको समाजसेवा : विद्यार्थीलाई सहयोग

फिल्मी फण्डा ।  नेपाली फिल्मकी चर्चित अभिनेत्री जल शाहकी छोरी कलश समाजसेवामा सक्रिय देखिएकी छन्। उनले काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत ५५ विद्यार्थीलाई जाडोका लुगा, शैक्षिक सामग्री, स्यानिटरी प्याड र पोषणयुक्त खाद्य सामग्री वितरण गरेकी छन्।

कलशले करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक अध्ययन शुल्कस्वरूप ७० हजार रुपैयाँ (प्रत्येकलाई ३५ हजार) प्रदान गरेकी छन्। समाजसेवामा सानैदेखि रुचि राख्दै आएकी उनले ‘शिक्षा फाउन्डेसन’ मार्फत यस्तो अभियान सुरु गरेकी हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कलशले भनिन्, "विद्यार्थीहरूसँग प्रत्यक्ष भेटेर उनीहरूलाई सहयोग गर्न पाउँदा मनै खुशी भयो। यस्तो कामलाई निरन्तरता दिनेछु।"

छोरीको यस प्रयासप्रति नायिका जल शाह गर्वित देखिइन्। उनले भनिन्, "छोरीको सामाजिक कार्यलाई म पूर्ण साथ दिन्छु।"

अमेरिकामा बस्दै आएकी जल शाहकी छोरी कलशले आफ्नै पकेट मनीबाट बचत गरी विद्यार्थीहरूको लागि आर्थिक सहयोग गरेकी हुन्। उनका अनुसार, यो अभियान भविष्यमा अझ विस्तार गरिनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech