चलचित्र विकास बोर्डद्धारा चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान

फिल्मी फण्डा । चलचित्र विकास बोर्डले आज आफ्नो नवरस कक्षमा एक विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र विद्वतवृत्तिका लागि छात्रवृत्ति वितरण गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि र बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति वापतको रकम विद्यार्थीहरूलाई प्रदान गर्दै, सम्बन्धित कलेजहरूलाई हस्तान्तरण गरेका छन्।

अध्यक्ष डिसीले भने, "यस बर्षदेखि, चलचित्रको अध्ययन गर्न चाहने माध्यमिक तहका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति दिने व्यवस्था गरिएको छ।" यसअघि २०६१ सालदेखि विद्यावारिधि, स्नातक र सर्ट कोर्सका विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्थ्यो, तर यस बर्षदेखि नयाँ व्यवस्था अनुसार, विद्यावारिधि (PhD) स्तरमा ३ जना, स्नातक (Undergraduate) स्तरमा १३ जना र माध्यमिक तहमा ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ।

यस अवसरमा ओस्कार ईन्टरनेशनल कलेजका संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पसका प्रिन्सीपल शिशिर उप्रेति र नेपाल संगीत विद्यालयका प्रतिनिधिहरूले पनि छात्रवृत्ति रकम विद्यार्थीहरूसम्म हस्तान्तरण गरेका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस कार्यक्रम मार्फत चलचित्रको अध्ययन र अनुसन्धानमा थप प्रोत्साहन दिइने विश्वास व्यक्त गरे।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech