‘हन्टर’ फिल्मको मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स आज सार्वजनिक गरिएको छ। यो लुक्स विशेषगरी अरुणको जन्मदिनको अवसरमा जारी गरिएको हो। पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावपूर्ण अवस्थामा देखिएका छन्, र उनका अनुहारमा रगत लागेको छ, जसले उनको एक्शन भूमिकामा आधारित रहेको संकेत गर्दछ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा निर्माणको घोषणा गरिएको यो चलचित्रको अन्य कलाकारहरूको नाम भने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन।

जीवन सिंहले यस फिल्मको निर्देशन गर्नेछन्, र यो उनको डेब्यु निर्देशन हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदूरपश्चिमको कथालाई आधार बनाउनेछ। निर्देशक सिंहले भने, “यो चलचित्र एक्शन इन्टरटेनर हुनेछ।”

‘हन्टर’ फिल्म रियल पात्रको कथाबाट प्रेरित हुने जानकारी निर्देशक सिंहले दिएका छन्। यद्यपि, फिल्ममा सिनेम्याटिक लिबर्टी राख्ने निर्णय गरिएको छ। उनले थपे, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ जसले फिल्मलाई अझ रोचक र रमाइलो बनाउनेछ।”

यस चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। ममता सिंह र राज ए. भट्ट निर्माता रहेका छन्, र मनीष चन्द र गोविन्द राज सह-निर्माताको रूपमा सामेल छन्। सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन्। चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ र यो हाल प्रि-प्रोडक्सनमा छ।

 

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech