महाशिवरात्रीको अवसर पारेर रिलिज हुने फिल्म 'फेरि रेशम फिलिली' को टिजर सार्वजनिक

फिल्मी फण्डा । फागुन १४ गतेबाट महाशिवरात्रीको अवसर पारेर रिलिज हुने नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ। टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ र यसले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको छ। 

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय रहेको छ। 

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा, यो टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै बढाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech