हरिवंश आचार्य अभिनित 'भूठान' अब हलिउडमा वितरण हुने

फिल्मी फण्डा । भूठान फिल्म अब अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्युटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ। यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य रहेका छन्, साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा हलिउडका प्रसिद्ध अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन्।

बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म विमेन अफ द आवर, टेरिफाएर थ्रि, निकोलस केज अभिनित फिल्म आर्केडियन, रोबर्ट डि निरो अभिनित वास मि इन द रिभर जस्ता फिल्महरू पनि वितरण गरेको छ। यसले भूठान चलचित्रलाई थप महत्त्वपूर्ण बनाउँछ।

यो चलचित्रको निर्देशक विनोद पौडेल हुन्, जसले यसअघि बुलबुल निर्देशन गरेका थिए। चलचित्रको प्रचारप्रसारको लागि निर्देशक पौडेल र निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आईसकेका छन्।

चलचित्रका निर्माता अविरल थापाले हरिवंश आचार्यको नयाँ जन्म र नेपाली दर्शकले हलिउडमा बनेको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वास व्यक्त गरेका छन्।

चलचित्रमा सुसन प्रजापतिको छायाँकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, श्यामबरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, अन्जन गजुरेलको कला निर्देशन रहेको छ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो। नेपालमा भने यसको वितरण आरआर फिल्मसले गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech