‘जनै हराएको बाहुन’ मा गौरव पहाडी र रियर राईको इन्ट्री

फिल्मी फण्डा ।  नेपाली फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ। हिमाल न्यौपानेको निर्देशन रहने यो चलचित्रमा यसअघि अभिनेता विजय बराल मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका थिए।

पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा मनिष राउत एसोसियट निर्देशकका रूपमा जोडिएका छन्। साथै, उनले अभिनय पनि गर्नेछन्। भानुभक्त ढकालले लेखन तयार पारेको यस कथाले गाउँबाट सहर छिरेका एक सरल मानिसको जीवनमा आउने अप्रत्याशित मोडलाई चित्रण गर्नेछ।

फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन्। नवीन गुरुङले छायांकनको जिम्मेवारी सम्हाल्नेछन् भने सम्राट महर्जन ‘ज्याक’ क्रियटिभ निर्देशकका रूपमा रहनेछन्। भिएफएक्स सुपरभाइजर मयङ्क निरौलाले दृश्य प्रविधिको संयोजन गर्नेछन्।

निर्माण टिमका अनुसार ‘जनै हराएको बाहुन’ ले दर्शकलाई नयाँ कथानकको यात्रा गराउनेछ। फिल्मको छायांकन यसै वर्षको अन्त्यसम्ममा सुरु गर्ने योजना छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech