फिल्म 'सारंग' को पहिलो दिन दर्शकहरूको उत्साहजनक प्रतिक्रिया

फिल्मी फण्डा । फिल्म सारंग ले आफ्नो रिलिजको पहिलो दिन दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। फिल्मले राजधानी लगायत प्रमुख शहरका मल्टिप्लेक्सहरूमा राम्रो व्यापार गरेको छ। यद्यपि बिहानी शोमा औसत व्यापार भए पनि दिउँसो र साँझका शोहरूमा दर्शकहरूको राम्रो उपस्थिती देखिएको छ।

फिल्मका दर्शकहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिएका छन्, जसले निर्माण टिमलाई भविष्यमा माउथ पब्लिसिटीमा राम्रो प्रभाव पर्ने विश्वास दिलाएको छ। प्रिमियर शोमा मिश्रित प्रतिक्रिया प्राप्त भए पनि, दर्शकहरूको प्रेम र सन्तुष्टि चलचित्रको सफलतामा योगदान पुर्याउने आशा गरिएको छ।

काठमाडौंका प्रमुख मल्टिप्लेक्सहरूमा दिवा शोहरूको लागि हलहरू हाउसफुल थिए। फिल्मको प्रमुख अभिनेत्री ऋचा शर्मा, जो फिल्मको रिलीजको दिन हलमा उपस्थित भएकी थिइन्, दर्शकहरूको प्रतिक्रियासँग प्रफुलित देखिन्थिन्। फिल्ममा गरेको मिहिनेत र परिश्रमलाई सफलताको रुपमाअनुभव गर्दै, उनले फिल्मको पहिलो दिनको व्यापारलाई सकारात्मक रूपमा लिएकी थिइन्। शनिबार पनि फिल्मले दर्शकहरूको उत्साहजनक साथ पाएको छ।

सारंग फिल्मको निर्देशन प्रशान्त तामाङले गरेका छन्, र यसमा प्रमुख भूमिकामा सम्राट, आदित्य, ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी र प्रभात श्रेष्ठको अभिनय छ।

यो चलचित्र दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्मित भएको हो, जसका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ रहेका छन्। सह निर्माता पुष्पा लिम्बू र बिनु गुरुङ छन्। मित्र डि गुरुङले चलचित्रको सम्पादन गरेका छन्, र स्टेशन ५ ले फिल्मको वितरण अधिकार लिएको छ।

 

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech