अस्ट्रेलियामा ‘पीआर’ को छायांकन सुरु

फिल्मी फण्डा। अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्र पीआर को छायांकन मंगलबारदेखि सुरु भएको छ। सलोन सलिना फिल्म्स को ब्यानरमा निर्माण भइरहेको यो फिल्मका प्रस्तुतकर्ता रन्जित शाह (आरएफएम फ्यासीलिटी म्यानेजमेन्ट, अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी हुन्।

चलचित्रको निर्देशन शोभित बस्नेत ले गर्दैछन्। छायांकनको पहिलो दिन मुहुर्तसहित प्रमुख कलाकारहरू आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारी ले दृश्य खिचे। अन्य भूमिकामा कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायल रहनेछन्।

निर्माण टोलीमा ए वान ग्रुप सर्भिस का प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा छन्, भने कार्यकारी निर्माताको भूमिकामा गणेश केसी (एपिआइसि) छन्। फिल्म अस्ट्रेलियाका विभिन्न शहरहरूका साथै २५ प्रतिशत नेपालमा पनि खिचिनेछ।

चलचित्रमा संगीत मानस राज ले तयार गरेका छन्। कथा शोभित बस्नेत को हो भने, पटकथा र संवाद गणेश बुढाथोकी ले लेखेका छन्। छायांकन सौरभ मानन्धर को रहनेछ भने सम्पादन बन्दे प्रसाद ले गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech