अभिनेता जितु नेपालले कथाकार गुरु प्रसाद मैनालीको कृति 'परालको आगो'मा आधारित नयाँ नेपाली फिल्म साइन गरेका छन्। हरिओम सिने मेकर्सले निर्माण गर्ने यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।
फिल्ममा दुई मुख्य पुरुष पात्र रहनेछन्, र जितु नेपालले तीमध्ये एक पात्रको भूमिका निर्वाह गर्नेछन्। यस फिल्ममा नायिका सुहाना थापा पनि फाइनल भइसकेकी छिन् भने अर्की एक महिला कलाकारलाई छिट्टै अनुबन्धित गरिनेछ।
'परालको आगो'मा चामे, गौंथली र जुठे दमाईको कथा रहनेछ। फिल्मको छायांकन संकल्प भुजेलले गर्नेछन्, रामजी लामिछानेको कोरियोग्राफी हुनेछ र संगीत सत्य-स्वरुपराज आचार्यले दिनेछन्। निर्माणपक्षले फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने योजना बनाएको छ, र यस पटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक तरिकाले प्रस्तुत गर्ने तयारी छ।