‘११:५५’ को क्यारेक्टर पोस्टर सार्वजनिक, रहस्य झन् गहिरियो!

फिल्मी फण्डा। चैत्र ८ गते प्रदर्शन हुने फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। बुधबार रिलिज गरिएको पोस्टरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, र नवअभिनेता सागर खनाल फरक लुक्समा प्रस्तुत छन्।

रहस्यमय र रोमाञ्चक भाव झल्कने पोस्टर हेर्दा फिल्म मा थ्रिल, सस्पेन्स र क्राइमका गहिरा परतहरू हुने संकेत पाइन्छ। केशव पाण्डे को निर्देशन रहेको यो फिल्म मा एमएस अग्रज र शेखर ज्ञवाली को सहलेखन छ।

फिल्म लाई प्राविधिक रूपमा बलियो बनाउन अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, र पासाङ दावा शेर्पाको सम्पादन समावेश गरिएको छ।

फिल्म ‘११:५५’ बिचित्र फिल्मस् र गुड जब आर्ट्स को संयुक्त ब्यानरमा निर्माण भएको हो। श्याम शर्मा र सरोजा शर्मा को लगानी रहेको फिल्म लाई एमएस अग्रज ले कार्यकारी निर्माता रूपमा सञ्‍चालन गरेका छन्।

थ्रिलरप्रेमी दर्शकले बुद्धि तामाङ र विशाल पहारी लाई पनि फिल्म मा देख्न पाउनेछन्। कुवेर सिने डिस्ट्रीब्युसन प्रालि ले वितरण गर्ने फिल्म को ट्रेलर प्रतिक्षारत छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech