‘दुःखी आत्मा’ लाई ‘पीजी सर्टिफिकेट’, अब सबै उमेर समूहका लागि उपयुक्त

फिल्मी फण्डा। फाल्गुन २ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’ ले सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको छ। प्रचार सामग्रीमा ‘एडल्ट ड्रामा’ भनेर उल्लेख गरिए पनि सेन्सर बोर्डले कुनै दृश्य वा संवाद काटछाँट नगरी चलचित्रलाई पारिवारिक रूपमा हेर्न मिल्ने गरी पास गरेको छ।

अब १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र चलचित्र हेर्न पाउनेछन्। सार्वजनिक संवाद र हाउभाउका आधारमा चलचित्र एडल्ट हुन सक्ने अनुमान गरिएको थियो, तर सेन्सर बोर्डको निर्णयले त्यसलाई खण्डन गरेको छ। निर्देशक दीपेन्द्र लामा का अनुसार चलचित्रको कुनै पनि दृश्य हटाइएको छैन।

फिल्ममा दयाहाङ र आँचल का साथै अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, कविता आले, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ। हिमाल कडरिया निर्माता हुन् भने कार्यकारी निर्मातामा सुदीप ढकाल छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech