‘कार्की साइँला’मा भरियाको कथा, ग्रामीण जीवनको संघर्ष पर्दामा आउँदै

फिल्मी फण्डा। भ्यालेन्टाइन डेको अवसरमा नेपाली फिल्म ‘कार्की साइँला’ घोषणा गरिएको छ। कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्ने भएका छन्। प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका फिल्मका निर्माता बालकुमार राई र श्याम मगर हुन्।

शुक्रबार सार्वजनिक गरिएको थिम पोस्टरमा पहाडी बाटोमा भारी बोकेर ओरालो झरिरहेको भरियाको दृश्य देखाइएको छ, जसले ग्रामीण जीवनको कठोर यथार्थ झल्काउँछ। निर्देशक बस्नेतका अनुसार फिल्मले गाउँमा बस्ने सामान्य मानिसको संघर्ष र जीविकोपार्जनको कथा सुनाउनेछ। "मुख्य पात्र भरिया हो, जसले गाउँका मान्छेहरूलाई खुशी पार्न भारी बोकेर आफ्नो जीविका चलाउँछ," बस्नेतले बताए।

फिल्मको कथा डम्बरबहादुर राईले लेखेका छन्। पटकथा तथा संवाद अजित लामिछानेले तयार पारेका छन् भने गीत जीवनाथ गौतमको रहनेछ। धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्मका लागि कलाकार छनोट सुरु भइसकेको निर्माण टिमले जानकारी दिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech