कलाकार जितू नेपाललाई मातृशोक

फिल्मी फण्डा। अभिनेता जितू नेपालले आमाको निधनले गहिरो दुःख बेहोरेका छन्। उनकी आमा ८९ वर्षको उमेरमा संसारबाट विदा भएकी हुन्। पारिवारिक जानकारीअनुसार, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

जितूको यस दुःखद घडीमा चलचित्र क्षेत्रका सहकर्मी कलाकारहरू तथा शुभचिन्तकहरूले समवेदना व्यक्त गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech