मनोज गजुरेल ‘कमेडी दरबार’ मा प्रवेश, सजिना खनाल नयाँ होस्ट

फिल्मी फण्डा। हाल चर्चामा रहेको कमेडी टिभी शो 'कमेडी दरबार' मा नयाँ परिवर्तन भएको छ। दर्शकहरूलाई मनोरञ्जन दिने यो शोमा महाराजा र महारानीको भूमिकामा विजय बराल र गौरी मल्ल रहेका थिए। तर, अब विजय बरालको स्थानमा मनोज गजुरेलको प्रवेश भएको छ।

विजय बरालले चलचित्रको व्यस्तताको कारणले शोमा समय दिन नसक्ने भन्दै शोबाट बाहिरिने निर्णय गरेपछि निर्माण टिमले मनोज गजुरेललाई २७ औं एपिसोडबाट महाराजाको भूमिकामा ल्याएको हो। 

त्यस्तै, शोको होस्ट पनि परिवर्तन भएको छ। पुर्व मिस नेपाल नम्रता श्रेष्ठको स्थानमा मिस सुप्रान्यासनल २०२४ की विजेता सजिना खनाललाई नयाँ होस्टको रूपमा स्वागत गरिएको छ। अव शोको होस्टिङ सजिना र विक्की अग्रवाल मिलेर गर्नेछन्। 

‘कमेडी दरबार’ प्राइम टाइम टेलिभिजनमा प्रशारण भइरहेको छ र दर्शकहरूले नयाँ कलाकारहरूको प्रवेशलाई कसरी स्वागत गर्नेछन् भन्ने चासोको विषय बनेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech