फागुन १४ मा रिलिज हुने 'मायावी'को भजन गीत 'माता विन्धवासिनी' सार्वजनिक"

फिल्मी फण्डा। फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’  सार्वजनिक भएको छ। यसमा एसडी योगीको आवाज र संगीत रहेको छ भने राम अविरल बिष्टले शब्द लेखेका छन्। गीतको भिडियोमा पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ र सुशिल सिटौला लगायतका कलाकारहरू देखिएका छन्। गीतको छायांकन पोखराको प्रतिष्ठित विन्ध्यवासिनी मन्दिरमा गरिएको छ। 

फिल्म दिवाकर भट्टराइको लेखन र निर्देशनमा बनेको छ, जसमा लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिंम्खडा, संगीता सिलवाल, समीम खान लगायतका कलाकारहरूको अभिनय रहेको छ। 

फिल्मको छायांकन राजुविक्रम थापाले गरेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। यसमा धु्रव न्यौपाने, राज कटुवाल, चन्द्र पन्त, राजु पराजुली, सुमित वली, प्रविण भट्टराई र करण सिंहको लगानी रहेको छ। साथै, नेम महर्जनले क्रियटिभ सिने आर्ट्सका लागि पनि लगानी गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech