अभिनेता दिलिप रायमाझीलाई पितृशोक

फिल्मी फण्डा। नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता दिलिप रायमाझीका पिताको निधन भएको छ। ७८ वर्षका आनन्द कुमार रायमाझीको किर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा सम्पन्न गरिएको छ।

दिलिप रायमाझी ‘मेरो डान्स युनिभर्स’ को अडिसनका लागि विभिन्न देशहरूमा भ्रमण गरिरहेका थिए। उनले अमेरिका, जापान, थाइल्याण्ड र भारतको यात्रा पछि हिजो राति मात्र काठमाडौंमा अवतरण गरेका थिए। उनले आफ्ना बिरामी पितालाई अन्तिम अवस्थामा भेट्न पाएका थिए।

दिलिप रायमाझी र उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, आनन्द कुमार रायमाझीप्रति हाम्रो तर्फबाट गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech