फिल्मी फण्डा। बाबु-छोरीको माया, सम्बन्ध र संवेदनालाई पर्दामा उतारेको सिनेमा ‘रंगी’ दोस्रो हप्तामा प्रवेश गरेको छ। फागुन २ बाट प्रदर्शनमा आएको फिल्मलाई विशेष गरी विद्यार्थी दर्शकहरूले गहिरोसँग महसुस गरिरहेको पाइन्छ। हलसम्म पुगेका धेरैले आफ्नै पिताको माया सम्झिएर आँसु झारेको बताइरहेका छन्।
दर्शकहरूमा मात्र होइन, सिनेमा हेरेपछि बालबालिका देखि बृद्धसम्म भावुक बनेका दृश्य हलभित्र बारम्बार देख्न सकिन्छ। युवा दर्शकले बाबु-छोरीको सम्बन्धलाई बडो आत्मीयताका साथ महसुस गरेको बताउँछन्।
सलोन बस्नेतको डेब्यू निर्माण र सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको फिल्म मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी को अभिनय छ।
सिनेमाको कथा सुमन गजमेर ले लेखेका हुन्। छायांकनमा सौरभ लामा, सम्पादनमा बन्दे प्रसाद, र संगीतमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी को योगदान छ। गीतमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसी लगायत का स्वर सुन्न सकिन्छ।
सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट ले वितरण गरिरहेको छ।