घलेगाउँमा सिनेमा संवाद

फिल्मी फण्डा।चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ‘सिनेमा संवाद एट घलेगाउँ’ सम्पन्न भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो ।
पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक परियार ।
उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।

निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए । चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए । उनले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताए ।
अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ उनले मूल कुरा सिनेमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो भने । उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ ।

उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छै्रन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’ उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरेको छ ।

कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताइन् । उनले गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ, भनिन् ।

लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उनले भने, ‘अब काठमाडांैको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’

अर्को सेसन थियो, सिनेमामा संगीत : कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गरेकी थिइन् ।

खासमा चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ?

तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए ।

संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेन्टरअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ ।

पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीत कालजयी हुन नसकेको सापकोटाको अनुभव छ । उनी भन्छन्, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’
प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’

चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार सपुत बताउँछन् । आजका दिनमा पनि धेरै सौन्दर्य गीतहरु रचना भएको सुनाउँछन् । एउटादुईटा भाइरल गीतहरुलाई मात्र हेरेर अहिलेको पुस्ताले यो गीतमात्र गर्छ । अहिले गीतहरु राम्रो छैनन् । क्षणिक छन् । अहिलेका गीतहरु आजको भोलि सेलाउँछन् भन्नेमात्र देखिन्छ । किनभने अहिलेको समय त्यस्तो छ,’ उनले भने ।

सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा थिइन्, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उनले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गरिन् । उनको साथमा थिए, अहिलेका पुस्तका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत आचार्य​ले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल हो भनिन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरेकी हुन् । 

कार्य​क्र​म​को अन्तिम​ सेस​न​ थियो स​र​कार​ र​ सिनेमा : नीतिमा स​म​स्या की निय​त​मा ?   य​स​ सेस​न​मा व​क्ताका रुप​मा च​ल​चित्र​ विकास​ बोर्ड​का अध्य​क्ष​ दिनेश​ डिसी र​ च​ल​चित्र​ प​त्र​कार​ संघ​ नेपाल​का केन्द्रीय​ अध्य​क्ष​ स​मीर​ ब​लामी । सेस​ल​लाई प​त्र​कार​ अम्रित​ सुवेदीले स​ह​जीकर​ण​ ग​रेका थिए । सेस​न​मा बोल्दै अध्य​क्ष​ दिनेश​ डिसीले स​र​कार​ र​ बोर्ड​को निय​त​मा कुनै स​म​स्या न​र​हेको ब​ताए । उन​ले नीतिमा केही स​म​स्या र​हेप​नी काम​ ग​र्न​ र​ ग​राउने क्र​म​मा स​म​स्या न​भ​एको प​नि ब​ताए । आफु च​ल​चित्र​ विकास​ बोर्ड​को अध्य​क्ष​ भ​एप​छी पूर्ण​ अधिकार​ प्र​योग​ ग​र्दै स​बै काम​ स​ह​ज​ रुप​मा ग​रिर​हेको ब​ताउँदै उन​ले प​हिलेको अध्य​क्ष​ह​रुले ग​र्न​ न​स​केका क्षेत्र​मा प​नि आफुले कार्य​क्र​म​ह​रु ग​रिर​हेको ब​ताए ।

द​क्ष​ ज​न​श​क्ति उत्पाद​न​, प्र​विधिको अप​डेट​, नेपाली च​ल​चित्र​को विकास​, प्र​व​र्द्व​न​ र​ संर​क्ष​ण​, ब​नेमा इण्डोर​ स्टुडियो, बैशाख​ १ ग​ते पुर्ण​ विव​र​ण​ आउनेग​रि ब​क्स​ अफिस​को संचाल​न​, आउट​डोर​ स्टुडियोको लागि धुलिखेल​ न​ग​र​पालिकासंग​ ज​ग्गा प्राप्तिल​गाय​त​का मुख्य​ मुख्य​ काम​ आफुले ग​रिर​हेको डिसीले ब​ताए । नीतिमा केहि प​रिव​र्त​न​ ग​र्नुप​र्नेभ​एकोले च​ल​चित्र​ विधेय​क ल्याउन​ प्र​थामिकताका साथ​ आफु लागिर​हेको उन​ले ब​ताए । सेन्स​र​ बोर्ड​मा ल​क्षित​ कतिप​य​ स​म​स्या बोर्ड​लाई गालि ग​रेप​नि त्यो विकास​ बोर्ड​ अन्त​र्ग​त​ न​र​हेको उन​ले ब​ताए । सेन्स​र​ बोर्ड​ छुट्टै बोर्ड​ र​हेकोले आफ्नो अन्त​र्ग​त​मा न​र​हेको भ​न्दै च​ल​चित्र​कर्मी र​ स​म्ब​न्धित​ले त्यो बुझ्नुप​र्ने उन​ले ब​ताए ।

य​स्तै अर्का व​क्ता स​मीर​ ब​लामीले नीति र​ निय​त​ दुबैमा स​म​स्या भ​एको ब​ताए । २०२६ साल​को च​ल​चित्र​ विधेय​क प्र​तिस्थाप​न​ ग​र्ने ग​रि न​याँ विधेय​क स​र​कार​ले न​ल्याईदा नीतिमा धेरै स​म​स्या भ​एको र​ नीतिकै कार​ण​ निय​त​मा संकुचित​ ता र​हेको उन​ले प्र​ष्ट​ पारे । निय​त​ भ​नेको व्य​क्ति र​ बोर्ड​मा हैन​ स​म​ग्र​ स​र​कार​को द्रिष्टिकोण​मा हो । ज​ब​स​म्म​ नीतिले नेपाली च​ल​चित्र​को विकास​ र​ संर​क्ष​ण​लाई खुल्ला आँखाले हेर्न​ स​क्दैन​, ज​ब​स​म्म​ स​र​कार​ले च​ल​चित्र​ क्षेत्र​लाई उद्योग​को रुप​मा राखेर​ प्र​थामिकताका साथ​ हेर्न​ स​क्दैन​ त​ब​स​म्म​ स​म​स्या र​हिर​ह​न्छ​ ।
"अहिले स​म​य​ भ​नेको नेपाली फिल्म​ बिश्व​ ब​जार​ पुराउने, मौलिक कथाह​रुको प्र​व​र्द्व​न​ ग​र्ने, व्य​वास​यिक रुप​मा नेपाली फिल्म​लाई स्थापित​ ग​र्ने, फिल्म​मा कर्पोरेट​ र​ विदेशी ल​गानि भित्राउने, उद्योग​को रुप​मा स्थापित​ ग​र्ने, नेपाली च​ल​चित्र​को विकास​को युग​को रुपामा अघि ब​ढाउने स​म​य​ हो । य​स​को लागि स​हि नीति निर्माण​ ग​र्न​ ज​रुरी छ​, त्य​स​को लागि बिधेय​क आउनुप​र्द​छ​ । य​सो हुदाँ निय​त​मा संकुचित​ ह​ट्नेछ​ । कतिप​य​ नीतिग​त​ स​म​स्याका कार​ण​ अहिले चाहेर​ प​नि म​ह​त्व​पुर्ण​ काम​ह​रु बोर्ड​ र​ स​र​कार​ले ग​र्न​ स​किर​हेको छैन​", ब​लामीले ब​ताए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech