फिल्मी फण्डा। ललितपुरको च्यासलबाट फिल्म ‘कोशेढुंगा’ को छायांकन सुरु भएको छ। ‘पूर्णबहादुरको सारंगी’ बाट चर्चित निर्देशक सरोज पौडेलले यो फिल्मको निर्देशन गर्दैछन् फिल्मको छायांकन अघि कलाकार तथा प्राविधिक टोलीले शुभसाइत पूजा गरे। पहिलो चरणको छायांकन काठमाडौंमा एक हप्ता चल्नेछ भने बाँकी भाग स्याङ्जामा खिचिनेछ।