फिल्मी फण्डा।फिल्म ‘फेरि रेशम फिलिली’ को ग्राण्ड प्रिमियर काठमाडौंको क्यूएफएक्स लाबिम हल मा सम्पन्न भएको छ। प्रिमियरमा कलाकार, निर्देशक, निर्माता तथा फिल्मकर्मीको उल्लेखनीय उपस्थिति देखियो।
प्रिमियरमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणी पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत दर्जनौं कलाकार र फिल्मकर्मी सहभागी भए।फिल्मका शीर्ष कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्ट, मेक्सम गौडेल समेत समारोहमा उपस्थित थिए।
निरोज महर्जन निर्देशित यो फिल्म कमेडी तथा सोसल ड्रामा हो, जसले अमेरिका जाने सपनासँग जोडिएको कथालाई प्रस्तुत गर्छ। फिल्मले प्रिमियरपछि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
यो फिल्म दशकअघिको चर्चित फिल्म ‘रेशम फिलिली’ को दोस्रो भाग हो। यसमा कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, सजन थापा लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म सिनेमा आर्ट र भी मोसन पिक्चर्स को सहकार्यमा बनेको हो। निर्माता रौनक विक्रम कडेल, कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्माता एनि थापा छन्।