नेपाल चलचित्र कलाकार संघको वार्षिक पुरस्कार तथा सम्मान घोषणा

फिल्मी फण्डा। नेपाल चलचित्र कलाकार संघले वार्षिक पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूलाई सम्मान गर्ने निर्णय गरेको हो।

संघले वि.सं. २०७८, २०७९ र २०८० सालका लागि ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। वि.सं. २०५५ सालमा स्थापित यस पुरस्कार २०७८ मा चरित्र अभिनेता मुकुन्द किसोर भट्टराई, २०७९ मा चरित्र अभिनेता लय संग्रौला र २०८० मा अभिनेता पुरण जोशीलाई अर्पण गरिनेछ। संघका अनुसार, प्रत्येक विजेतालाई रु. ७५,००० नगदसहित सम्मान गरिनेछ।

यसैगरी, स्व. शान्ती मास्के स्मृति पुरस्कार यस वर्ष अभिनेत्री गौरी मल्ललाई प्रदान गरिनेछ। वि.सं. २०६८ मा स्थापना भएको यो पुरस्कार यसअघि मदनदास श्रेष्ठ, आर. पी. पन्त, मिथिला शर्मा बोहरा लगायतलाई प्रदान गरिएको थियो। पुरस्कारको राशी रु. ५६,००० तोकिएको छ।

संघले यस वर्षदेखि स्व. गोपाल राउत स्मृति पुरस्कार पनि प्रदान गर्ने भएको छ। अमेरिका निवासी कलाकार लक्ष्मी शर्माले संघलाई प्रदान गरेको रु. ३ लाखको अक्षयकोषबाट उत्पन्न व्याजबाट स्थापना गरिएको यो पुरस्कार पहिलो पटक अभिनेता रामकाजी घिमिरेलाई दिइने भएको छ। पुरस्कार राशी रु. १०,००० रहेको छ।

त्यस्तै, संघले डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

संघका अनुसार, यी सबै पुरस्कार तथा सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारणसभामा प्रदान गरिनेछ।Messenger_creation_A130C713-ECD2-430D-B40E-EEC849CB462B.jpeg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech