व्यवसायी एवम गायक विकास राणाको नयाँ गीत 'जाले माले रूमाल' सार्वजनिक

फिल्मी फण्डा। उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास जंगबहादुर राणाको नयाँ गीत 'जाले माले रूमाल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईको शब्द तथा संगीत रहेको गीतलाइ श्यामस्वेत रसाइलीले एरेन्ज गरेका हुन्  ।

लोकपपको रोमान्टिक भर्सनमा तयार पारिएको गीतमा सोल्टा र सोल्टिनी बिचकोमायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ  । चर्चित मोडेल अन्जली अधिकारी र सुनिल छेत्रीको अभिनय रहेको गीतमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ ।

भिडियोलाइ  सुनिल छेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोलाई विकास राणा अफिसियल  ( Bikash Rana Official) मार्फत सार्वजनिक गरिएको हो।  

उड्डयन क्षेत्रमा सुपरिचित नाम विकास राणा गायनमा पनि त्यतिकै सफल बनिरहेका छ उनको यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech