रिलिज हुनु अघि नै प्रि–बुकिङमा मलायम फिल्मले कमायो ५० करोड, तोडयो पुष्पाः२ को रेकर्ड

फिल्मी फण्डा। मलायम सुपरस्टार मोहनलालको बहुप्रतिक्षित एक्शन थ्रिलर एल २ः इम्पुरानले मलयालम सिनेमाको लागि अग्रिम बुकिङमा रेकर्ड कायम गरेकेो छ ।

सैकनिल्कका अनुसार यस फिल्मले प्रि– सेल्सको साथमा सबैभन्दा ठूलो मलयालम ओपनर बनिसकेको छ तर अझै रकम थपिन बाँकी रहेको छ।

उद्घाटन दिनमा एल २ः इम्पुरानलको प्रि–सेल ३५ करोड भएको छ भने यसले विश्वव्यापी बक्स अफिसमा पूरै ओपनिङ सप्ताहन्तमा ५० करोड कमाइसकेको छ । रिलीज हुन अझै ४ दिन बाँकी छ। जसअनुसार रिलिज अघि नै ५० करोड कमाउने पहिलो मलयालम फिल्म बनेको छ ।

चाखलाग्दो कुरा के छ भने फिल्मले पहिले नै मलयालम फिल्मको लागि धेरै देशहरूमा सबैभन्दा ठूलो संग्रह रेकर्ड गरिसकेको छ। जर्मनीमा इम्पुरानले अग्रिम बिक्रीले हालैको मेगा ब्लकबस्टर पुष्पा २ को जीवनकालको संग्रह पार गरेको छ, जुन उल्लेखनीय छ।

अझै ४ दिन बाँकी रहँदा चलचित्रले सप्ताहन्तमा ७० करोड बुकिङ गर्ने र विश्वभर पहिलो दिन ४०.४५ करोड कमाइ गर्ने लक्ष्य लिएको छ । चलचित्रले विश्वभर ५०ं करोड कमाइको साथ ओपन गर्ने ग्यारेन्टी छ , यो फिल्म बिहीबार रिलिज हुदैँछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech