‘सक्किगोनी’ की ‘सुरु’ अब ठूला पर्दामा, ‘द ब्लु लाइट’ मार्फत डेब्यु 

फिल्मी फण्डा। लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटानि अब ठूला पर्दामा पदार्पण गर्दैछिन्। उनी चलचित्र ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक चलचित्रमा डेब्यु गर्ने भएकी छन्।

सुरक्षा इटानि आफैमा एक लोकप्रिय मोडल हुन्, जसले ४० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। अभिनय यात्रा सानो पर्दाबाट सुरु गरेकी सुरक्षाले अब फिल्मी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदैछिन्।

चलचित्रमा डेब्युको अवसर पाएकोमा उत्साहित देखिएकी सुरक्षा भन्छिन् “यो मेरो लागि निकै ठूलो अवसर हो। निकै खुसी छु –उनले भनिन्,“मेरो कलाकारिताको यात्रामा एक नयाँ अध्याय हो। चलचित्रमार्फत आफूलाई फरक रूपमा प्रस्तुत गर्न पाउने भएकाले अत्यन्त खुसी छु। 

फिल्मको निर्देशन भने प्रतीक्षित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सह–निर्देशक समेत रहेका बलिराम चौहानले गर्दै छन्, फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ भने सह–निर्माताको रूपमा रमन ग्रे रहनेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech