‘महाकाव्य’ मा आलिशा बास्तोला फाइनल, भिजुअल इफेक्ट्स र एक्सनमा हुने छ नयाँ प्रयोग

फिल्मी फण्डा। फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली सिनेमा ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको फिल्ममा नायिकामा आलिशा बास्तोला फाइनल भएकी छिन् ।

बहुचर्चित फिल्म पूर्ण बहादुरको सारंगीमा काम गरेर चर्चामा आएकी आलिशालाई निर्माण यूनिटले शुक्रबार फाइलन गरेको हो । निर्माण यूनिटले अन्य कलाकारहरु पनि फाइनल गरिसकेको छ ।

फिल्ममा आलिशा बास्तोलाका अलावा शेखर सुवेदी, अनुज कटवाल, रेशना भण्डारी, दिपिका थापा, रेजिना धमला, निर्जरा के।सी, मोनिका कँडेल, अमु अधिकारी, उज्जयाल शर्मा फाइनल भइसकेका छन् । खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको हाल प्री९प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माण टिमले जनाएको छ।

फिल्मको निर्देशन मदन खड्काले गर्दैछन्, जो यसअघि थुप्रै चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। ‘महाकाव्य’ खड्काको डेब्यु चलचित्र हुनेछ। एक्सन निर्देशनमा शुक्रराज शाह रहनेछन्। निर्माण यूनिटले हालै चलचित्रको थिम पोस्टर सार्वजनिक गरेको थियो । थिम पोस्टरमा दुई ज्वालामुखी भालाहरूको टक्कर भएको दृश्य समाबेश छ।

यसले चलचित्रले केहि नयाँ दिने संकेत बुझ्न सकिन्छ। ‘महाकाव्य’ ले दर्शकलाई एउटा अद्भुत सिनेम्याटिक अनुभव दिने लक्ष्य राखेको छ। ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा आधारित यो फिल्म नेपाली चलचित्र इतिहासमै नयाँ युगको सुरुवात हुने मानिएको छ।

निर्माण टिमका अनुसार, उक्त कलाकारले शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन्। हाल उनी अन्तिम तयारीमा छन्। फिल्मको छायांकन भदौदेखि सुरु हुने तयारी छ। निर्माता शान्ती मगरको लगानीमा निर्माण हुने ‘महाकाव्य’ महादेवको शक्ति, एक अनुपम प्रेमकथा र रहस्यमय साहसिक यात्राको माध्यमबाट नेपाली पौराणिक कथाहरूलाई पुनर्जीवित गर्न खोजिएको कथा हो।

चलचित्रले नेपाली संस्कृति, मिथक, र हराउँदै गएका पवित्र स्थलहरूको कथा भ्जुयल माध्यमबाट गहिरो रूपमा प्रस्तुत गर्ने उद्देश्य निर्माण यूनिटले राखेको छ। फिल्ममा मुख्य नायक फाइनल हुन बाँकी नै रहेको छ । अभिनेताका रुपमा एक प्रतिभाशाली कलाकार नै हुने निर्माण यूनिट बताउँछ । को होलान् त ति हिरो ? त्यसका लागि केही दिन कुर्नुपर्ला ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech