यो शुक्रबार दुई नेपाली फिल्म: ‘मन बिनाको धन’ र ‘जारी २’ प्रदर्शनमा

फिल्मी फ​ण्डा । यही कार्तिक २१ गते (शुक्रबार) बाट दुई नेपाली फिल्महरू ‘मन बिनाको धन’ र ‘जारी २’ देशभर प्रदर्शनमा आउने भएका छन् ।

दुई फरक कथावस्तु बोकेका फिल्महरू एकैदिन प्रदर्शनमा आएसँगै बक्स अफिसमा प्रतिस्पर्धा हुने भएको छ ।

मन बिनाको धन: टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्ममा गायक अशोक दर्जीको जीवनमा आएको परिवर्तनको सामाजिक कथावस्तु समेटिएको छ । फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।

जारी २: यसअघिको सफल फिल्म ‘जारी’ को सिक्वेलको रूपमा आएको ‘जारी २’ ले जातीय सम्बन्ध र सामाजिक कथावस्तुलाई निरन्तरता दिएको छ। फिल्ममा दयाहाङ, मिरुना, विजय र बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

दुवै फिल्मले अहिले राम्रो प्रचार पाएका छन् र बक्स अफिसमा सुखद ओपनिङको अपेक्षा गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech