कंगाल करोडपति’ औपचारिक घोषणा

फिल्मी फण्डा। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु सिनेमा ‘कंगाल करोडपति’ को निर्माता कैफ खान रहेका छन्, तर उनी हाल अनुपस्थित रहेको जानकारी प्राप्त भएको छ। कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्।

चलचित्रमा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी रहेका छन्। चलचित्र अन्य कलाकार खोजि कार्य भई रहेको निर्देशक श्रेष्ठले बताए

निर्माण टिमका अनुसार चलचित्र फागुन महिनाबाट छायांकनमा जाने तयारी भइरहेको छ। एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था चलचित्रमा समट्ने निर्माण टिमले बताए।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech