राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न

फिल्मी फण्डा । राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम आज भव्यतापूर्वक सम्पन्न भएको छ । यो सामाजिक कार्यक्रमले नेपाली फिल्म क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ ।

रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा २०० भन्दा बढी फिल्मकर्मीहरू को सक्रिय उपस्थिति रहेको थियो । कलाकार, निर्देशक, निर्माता, प्राविधिकदेखि फिल्म पत्रकारसम्मको सक्रिय सहभागिताले कार्यक्रमलाई चलचित्र समुदायको साझा उत्सव बनाएको थियो ।

बोर्डका अध्यक्ष दिनेश डीसी ले रक्तदानजस्तो मानवीय कार्यले फिल्म क्षेत्रको राष्ट्रिय योगदानलाई अझ मजबुत बनाएको बताए । बोर्डले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने घोषणा गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech