फिल्मी फण्डा । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वरमा सजिएको नयाँ गीत ‘ऐना फुटेको’ सार्वजनिक भएको छ। प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई समेटेर तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
चर्चित गीतकार डीपी खनाल को शब्द र संगीतकार शंकर थापा ‘स्माइल’ को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्।
गीतको म्युजिक भिडियोमा सदाबहार अभिनेता आर्यन सिग्देल र मोडल जुना सुन्दासको आकर्षक अभिनय देख्न सकिन्छ। निर्देशक बिभोर पोखरेल ले निर्देशन गरेको भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी, पुरन श्रेष्ठको कोरियोग्राफी तथा दिन्सन शाहको सम्पादन रहेको छ।
रोमान्स र भावनात्मक कथावस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोले आर्यन र जुनाको केमेस्ट्रीलाई थप प्रभावशाली बनाएको छ। गीत तथा भिडियोलाई गायक सुरेश कालिकोटेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै ‘ऐना फुटेको’ले संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीतको शब्द, संगीत र भिडियोको प्रस्तुतिलाई दर्शकले विशेष रुचिका साथ हेरिरहेका छन्।