मुकुन भुषालसहितको अभिनय रहने ‘कंगाल करोडपति’को शुभमुहूर्त

फिल्मी फण्डा।   राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ।

प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मञ्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।

फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ। फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने सहनिर्मातामा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई छन्। लाइन प्रोड्युसरमा रिता श्रेष्ठ तामाङ र सुरज कुमार रहेका छन्।

फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका हुन्।

सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। एसडी योगी, निराजन राई र दिप्सन लिम्बूले फिल्ममा संगीत दिनेछन् भने नृत्य निर्देशन प्रदीप लामाको रहनेछ।

जीवन गौतम मुख्य सहनिर्देशक रहेको फिल्ममा सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशक छन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्मले शुभ-मुहूर्तअघि हालै रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

निर्माण पक्षले बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech