पूर्वराजाबाट शुभकामना लिएर  ‘यो मन त मेरो नेपाली हो’ फिल्मको छायांकन  सुरु

फिल्मी फण्डा । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् । दमकको पशुपतिनाथ मन्दिरमा शुभसाइत पूजासँगै फिल्मको छायांकन सुरु भएको हो ।

 यो फिल्मले विदेशमा रहेका नेपालीको कथावस्तु पेश गर्दैछ । फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, नारायण खातीको अभिनय हुनेछ ।

अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताको अनुसन्धानमा फिल्म आधारित हुने जनाइएको छ । 

फिल्मको छायांकन झापा, पाँचथर, भारतको सिक्किम र देहरादुन, म्यानमार, क्यानडा, अमेरिकामा हुने जनाइएको छ । फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समीर मियाको भीएफएक्स र कविराज गहतराजको नृत्य रहनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech