प्रदिप खड्का र स्वस्तिमा खड्का एउटै फिल्ममा देखिँदै 

फिल्मी फण्डा ।  अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का एउटै फिल्ममा देखिने भएका छन्। उनीहश्र अदृत फिल्मसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘एक्टर’ मा देखिने भएका हुन । सो फिल्ममा प्रदिप खड्का मुख्य भूमिकामा रहने औपचारिक सम्झौता भैसकेको छ भने स्वस्तिमासँग हुन बाँकी छ ।


 स्वस्तिमाले अष्ट्रेलिया जानु अगाडी चलचित्रको टीमलाई ग्रिन सिग्नल दिईसकेको र अष्ट्रेलियाबाट फर्किएपछि औपचारिक सम्झौता हुने बुझिएको छ। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रलाई राजन भुसालले निर्देशन गर्नेछन्। 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech