फिल्मी फण्डा । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिकामा रहेको नयाँ चलचित्रको रिलिज मिति घोषणा भएको छ । दया र मिरुना मुख्य भूमिकामा रहेको चलचित्र ‘घरज्वाइँ’को प्रदर्शन मिति तय भएको हो। असार २८ बाट यो चलचित्र रिलिज हुने थिम पोष्टर सार्वजनिक गर्दै जानकारी गराईएको छ।
अनिल बुढा मगरको निर्देशनमा तयार हुने चलचित्रमा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुनको अभिनय रहनेछ। पूर्वी रुकुमको तकसेरामा आगामी माघ तेस्रो हप्ताबाट सुटिङ्ग सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ। जीएम मुभिज प्रोडक्सनको प्रस्तुतीमा जनक घर्ती मगरको निर्माणमा चलचित्र तयार हुनेछ।
