फ्रान्सको रेड मुभी अवार्डस् मा ‘गौथली’का निर्देशक रिजाल विजेता

 

काठमाडौं। नेपाली फिल्म ‘गौथली’ले अन्तर्राष्ट्रिय अवार्डमा सफलता हासिल गरेको छ। फिल्मका निर्देशक डा. कपिल रिजाल फ्रान्समा आयोजित RED Movie Awards 2026 को Autumn Edition मा Best Director (Man) विधामा विजेता बनेका हुन्।

अवार्डको आधिकारिक वेबसाइटमा सार्वजनिक अन्तिम नतिजाअनुसार रिजालले उक्त विधाको अवार्ड जितेका हुन्। उनको यो उपलब्धिलाई नेपाली फिल्म क्षेत्रका लागि उत्साहजनक सफलताका रूपमा लिइएको छ।

यस अवसरमा निर्देशक रिजाललाई परिवारका सदस्य, आफन्त तथा शुभचिन्तकहरूले बधाई दिएका छन्। फिल्मलाई माया र विश्वास गर्ने दर्शक तथा फिल्मप्रेमीप्रति पनि आभार व्यक्त गरिएको छ।

‘गौथली’ले प्राप्त गरेको यस अन्तर्राष्ट्रिय सम्मानले नेपाली फिल्मलाई थप फराकिलो दर्शकमाझ पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech