फिल्मी फण्डा । रोहित शेट्टीको निर्देशनमा बन्न लागेको फिल्म सिंघम अगेनमा अक्षयकुमार पनि जोडिएका छन । यो अजय देवगनको बहुप्रतिक्षित फिल्म हो भने रोहित शेट्टीको निर्देशन रहेको सिंघम फ्रेन्चाइजीको तेस्रो फिल्म हो ।
यो फिल्ममा अजय देवगनको मुख्य भूमिका रहेको छ । यसअघि नै यो फिल्मका अन्य ठुला स्टार काष्टको नाम घोषणा भइसकेको छ ।
फिल्ममा अक्षयकुमार एटीएस चीप वीर सूर्यवंशीका रूपमा देखिनेछन् । आइतबार रोहित शेट्टीले फिल्ममा खेल्न लागेका पात्रको लुक शेयर गरेका थिए । सो लुकमा उनी हेभी–ड्युटी एक्सन सिनको बीचमा हेलिकप्टरबाट हाम फालिरहेको देखाइएको छ ।
सिंघम अगेनमा अक्षय देवगनबाहेक रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्रफको साथमा करिना कपुर पनि छिन् ।