‘पशुपति प्रसाद ३’ निर्माण गरिने

फिल्मी फण्डा ।‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २स् भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो।

निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए।
उनले भने, ‘हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौं। यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौं। यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ।
लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दैछन्। ‘कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु। दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छरु भन्ने दर्शकले जिज्ञासा राख्नुहुन्थ्यो। त्यसैले हामीले यसलाई निरन्तरता दिने योजनाअनुरूप घोषणा गरेका हौं’, अभिनेता लामिछानेले भने।
रोजिना सिटौलाले निर्माण गर्ने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए।
यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २स् भष्मे डन’ निर्माण गरेको थियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech