फिल्मी फण्डा ।चलचित्र एनिमलको ट्रेलर गत बिहीबार सार्वजनिक भएको थियो । २४ घण्टामा यो ट्रेलरको हिन्दी संस्करण ५ करोड ८० लाखले हेरिसकेका छन् ।यो २०२३ को सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ। दोस्रो स्थानमा केजीएफ २ छ, जसलाई ४.९० करोड मानिसहरूले केवल हिन्दी संस्करणमा हेरेका थिए । यो ट्रेलर युट्युबमा टप ट्रेन्डिङमा छ । ट्रेलरले हिन्दी संस्करण लगायत तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा उत्कृष्ट भ्युज पाएको छ ।फिल्म एनिमलको ट्रेलर अहिलेसम्म सबै भाषामा ७.१ करोड मानिसले हेरिसकेका छन् ।
चलचित्रको इतिहासमा ट्रेलरले यति धेरै भ्युज पाएको यो तेस्रो पटक हो । यसअघि चलचित्र केजीएफ २ र आदिपुरुषको ट्रेलरले क्रमशः १०६.३९ मिलियन र ७४ मिलियनका साथ सबै भाषामा सर्वाधिक भ्युज पाएको थियो ।फिल्मको ओपनिङ डे कलेक्सनको बारेमा ट्रेड विज्ञ अतुल मोहनले भने, ‘फिल्मले पहिलो दिन ३५ करोडको ओपनिङ गर्ने सम्भावना छ ।’ फिल्म एनिमल डिसेम्बर १ मा भारतका थिएटरहरूमा रिलिज हुँदैछ। यो फिल्म अमेरिकामा नोभेम्बर ३० मा रिलिज हुँदैछ । त्यहाँ यो ८८८ स्क्रिनमा रिलिज हुनेछ । यसैलाई ध्यानमा राख्दै १७ नोभेम्बरदेखि एनिमलको अग्रिम बुकिङ सुरु भएको हो ।ट्रेलर रिलिज हुनुअघि एनिमलले अमेरिकाका २३६ थिएटरबाट ८४ हजार ४३२ डलर कमाएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मको कमाईमा उल्लेख्य उछाल आएको छ ।
फिल्मको कमाई रातारात करिब ४० हजार ६५६ डलरले बढेको छ । यो बुकिङ फिल्मको उद्घाटन प्रिमियरका लागि मात्र गरिएको हो । फिल्मले प्रिमियरको दिन १ करोड कमाउने अपेक्षा गरिएको छ ।फिल्म एनिमलको अग्रिम बुकिङ नोभेम्बर २६ बाट भारतमा सुरु हुनेछ । गत बिहीबार हैदराबादमा फिल्मको सीमित बुकिङ सुरु भएको थियो । पहिलो दिनको लागि अनलाइन अग्रिम बुकिङबाट, चलचित्रको ६ हजारभन्दा बढी टिकटहरू नौदेखि १० घण्टामा बिक्री भएको थियो।