फिल्मी फण्डा । अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ । गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ : भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ ।